पुजारी विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न मानेन
कपिलवस्तु मंसीर ५।
दलितको घरमा पुर्जा गर्दैन भनेर भगेको पुजारी विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न नमानेको दलित आगुवाहरुले बताएका छन । गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घरमा पुजा नगरी पुजारी भागे पछि पुजारी विरुद्ध आज वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी दर्ता गर्न गएका दलित आगुवाहरु निरास भएर घर फर्किएका छन ।
मिलनले घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा गर्नका लागि चार नम्बर जितपुरबाट पण्डित भिम प्रसाद पोखरेललाई बोलाएका थिए । पण्डित पोखरेल घरवेटी दलित भएको खबर पाएपछी भागेका थिए । अर्का एक जना पण्डितको नाम नखुलेको जाहेरीमा उल्लेख गरिएको छ । कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जबराले उजुरी दर्ता गर्न नमानेको पिडित मिलन विकले बताउनु भएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटामा जाहेरी लिएर पुगेका दलित आगुवाहरुलाई प्रहरी उपरिक्षक जबराले दर्ता गर्न नमिल्ने बताउदै आनाकानी गरेको पाइएको छ । मुद्धा दर्ता गर्न मिल्ने तर यस विषयमा केही छलफल परामर्श गरी जाहेरी दर्ता गर्ने जबराले बताउनु भयो ।
दलित सामुदायका आगुवाहरु आज विहानै देखी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न प्रहरीकोमा पुगेको भएपनि प्रहरीले विभिन्न बहान बनाई दलित समुदायलाई अपहेलित गरेको दलित आगुवा मिना परियारले बताउनु भयो ।