Connect with us
Kapilvast Forest

महिला सघं (क्रान्तिकारी) को शिवराज नगर अध्यक्षमा सीता चयन

२०८१, ३१ जेष्ठ बिहीबारमा प्रकाशित

न्युज सेन्टर– अखिल नेपाल महिला सघं (क्रान्तिकारी) शिवराज कमिटिको प्रथम नगर भेला सम्पन्न भएको छ । कपिलवस्तु ब्यापार सघको सभाहल चन्द्रौटामा प्रथम भेला सम्पन्न भएको हो ।

अखिल नेपाल महिला सघं (क्रान्तिकारी) शिवराज कमिटिको संयोजक सिता बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज रुद्रलाल बन्जाडेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रमको अतिथिहरुमा अखिल नेपाल महिला सघं (क्रान्तिकारी) केन्द्रिय सदस्यीय अम्बिका पौडेल, अखिल नेपाल महिला सघं (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य रेवता पौडेल, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दिनेश पुन, दलित मुक्ती मोर्चा लुम्बिनी प्रदेश सदस्य नकुल कामी लगायत रहनु भएको थियो ।
भेलाले नयाँ नगर कमिटी गठन गरेको छ ।
अध्यक्ष- सिता बुढाथोकी ।
उपाध्यक्ष- मनु बुढा मगर ।
सचिव -लक्ष्मी भट्टराई ।
सहसचिव- सरिता आर्चाय।
कोषाध्यक्ष- उर्मिला गिरि ।
सदस्य- सम्झना घर्ती जिसी, धन कुमारी विक, सावित्री श्रेष्ठ, नीरमाया घर्ती, कमला परियार, मिना पुरी, अनिता थारु, सावित्री थारु, हासिना थारु, पुजा थारु, ज्ञानमति शाही, आयशा थारु, हिरा कुमारी परियार, सुनिता परियार आशा पुन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj