Connect with us
Kapilvast Forest

फ्राइडे रिलिज : आज हलमा आर्यनको ‘च च हुई’

२०७६, ६ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं ।फ्राइडे रिलिज अन्र्तगत आजबाट नयाँ नेपाली चलचित्र ‘च च हुई’ रिलिज भएको छ । डार्क कमेडी कथामा तयार भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रले दुई साथीको कथालाई उठान गरेको छ ।

च च हुईं’मा आर्यनले विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा आर्यनका र मिरुनाका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई नेपाल, हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा छायांकन गरिएको छ । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको फिल्मको गीतमा राजनराज सिवाकोटी र रोशन थापाले संगीत भरेका छन्

 

 

 

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu