Connect with us
Kapilvast Forest

भौतिक मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : अब्दुल खान

२०८१, ५ असार मंगलवारमा प्रकाशित

जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा भाग लिंदै खानले भौतिक मन्त्रालयको बजेट नेतामुखी भएकाले त्यसलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

खानले सत्तामा भएका व्यक्तिले केही क्षेत्र र केही जिल्लामा मात्रै बजेट सीमित गरेको बताए । उनले भने, ‘राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन सकेको छैन ।’

सांसद खानले योजना आयोगले देशमा रूपान्तरण गर्ने खालको योजनालाई प्राथमिकतामा राखेर सोही अनुसारको कार्यक्रम ल्याउन नसकेको दाबीसमेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu