नागरिकलाई आंतकित पार्ने काम नगर्न माओवादी केन्द्रको आग्रह
न्युज सेन्टर नेपाल-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धभुमीले नागरिकहरुलाई आंतकित गर्ने तत्काल काम बन्द गर्न डिभिजन वन कार्यालय कपिलवस्तुलाई आग्रह गरेको छ ।
डिभिजन वन कार्यालय कपिलवस्तुले करिव ४०, ४५ वर्ष अगाडी देखि वसोवास गरि खेतीपाती गर्दै आएका किसानको घर भत्काएकोले माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल यस्तो कार्य रोक्न माग गरेको छ ।
माओवादी केन्द्र बुद्धभुमी नगर कमिटीका अध्यक्ष रावेन्द्र कुमार ठाकुर (रवी) द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानिय सरकारबाट भोगचलनको सिफारिस, तिरो तिरेको रसिद र राष्ट्रिय भूमि आयोग मार्फत वडा कार्यालय द्वारा प्रदान गरिएको निस्सा हुदाहुदै नागरिक माथि् ज्यादति गर्नु हदैसम्मको गैर कानुनी कार्य भएको जनाइएको छ ।
प्रेस विज्ञप्तिमा भूमि आयोग परिच्छेद-१० दफा ५२ (क) बमोजिम विगत १० वर्ष देखि आवाद कामोत गरी आएका बसोवासीलाई निजले आवोद कामोत गर्दै आएका स्थानमा जग्गा दिन मिल्ले कार्यविधि हुादाहादै कुनै वैकल्पिक व्यवस्था विना वर्षायामको समयमा डिभिजन वन कार्यालय कपिलवस्तु र सम्बन्धित समुदायिक वनको मिलोमतोमा घर भत्काउनु अमानवीय कार्य भएको उल्लेख गरिएको छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुले जिल्लाको बुद्धभूमि वडा नं.- २ बगडरिया, बुद्धभूमि-४ मुरहाटोल, बुद्धभूमि-६ कोहडौलिया, बुद्धभूमि-५ कोटिहवा लगायतका स्थानमा सुकुम्बासी किसानको घरगोठ खेतीपातीमा डोजर तथा टेक्टर प्रयोग गरि तोडफोड, बालीनाली नष्ट गरि, गरिएको आमानविय क्रियाकलाप तथा जन विरोधी कार्य प्रति हाम्रो पार्टी घोर आपत्ति भर्त्सना गर्दछ ।
साथै यथासिघ्र यस प्रकारको सवैलाई आतङकित गर्ने कार्य बन्द नगरिए जनताको न्यायिक हकका लागि कडा भन्दा कडा कदम चाल्न हाम्रो पार्टी बाध्य हुने विज्ञप्तिम उल्लेख गरिएको छ ।
हेर्नुस् विज्ञप्ति
