Connect with us
Kapilvast Forest

सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला

२०८१, ८ श्रावण मंगलवारमा प्रकाशित

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कोइरालाले आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई काममा ध्यान दिन आग्रह गरेको बताउनुभयो । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको उहाँले प्रष्ट पार्नुभएको हो ।

सांसद कोइरालाले आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई काममा ध्यान दिन आग्रह गरेको बताउनुभयो। सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको उहाँको भनाइ छ।

उहाँले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘सरकारमा नेपाली कांग्रेसबाट १० जना जानुभएको छ। खादा, माला र स्वागतमै उहाँहरूको धेरै समय बितिरहेको छ। मैले मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु। उहाँहरू सचेत भएर अघि जानुपर्छ। किनभने यस चोटि यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन। कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन। किनभने दुई ठुला दल मिलेर सरकार बनेको छ।’’

उहाँले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताउनुभयो।

उहाँले संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुसी प्रकट गर्नुभयो। उहाँले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्नु जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो। यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्नेकुराहरु आए। तर उहाँहरूले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो। १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरूले बिर्सिनुभएछ। यो संविधानमै लेखिएको छ। केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ। नेपाली कांग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो ? त्यसलाई प्राथमिकतामा राख्नुभएको छ। साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरालाई पनि उहाँहरूले अत्यन्त महत्त्वपूर्ण तरिकाले राख्नुभएको छ। आर्थिक विकासका कुराहरूलाई द्रुत गतिमा लैजाने भनेर सात बुँदे सम्झौतामा यी कुराहरू छन्।’’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu