Connect with us
Kapilvast Forest

तास खेल्दा पक्राउ परेका गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दर्ता

२०८१, ११ श्रावण शुक्रबारमा प्रकाशित

pakrau

जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

घलेसहित काठमाडौं महानगरपालिका–६ घर भएका ७३ वर्षीय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका–११ का ३६ वर्षीय चीनकुमार गोले, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भएका ३८ वर्षीय दिनेश सुनार, काठमाडौं–६ का ५२ वर्षीय प्रवीण लामाविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

त्यस्तै थाहा नगरपालिका–११ का ४४ वर्षीय बिष्णुकमार दोङ, सोही ठाउँका ४४ वर्षीय सुमन गोले, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४४ वर्षीय कबिराज भन्ने शुक्र सुनार, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–३ का ३१ वर्षीय ऋतिक राउत र काठमाडौं–६ का ६२ वर्षीय राजु तामाङ विरुद्ध मुद्दा दायर भएको छ ।

५ साउनमा कपनबाट उनीहरुलाई प्रहरी प्रभाग कपनको टोलीले पक्राउ गरेको थियो । हाल पक्राउ परेका रमेश लामाले गाउँपालिका अध्यक्ष घलेको अढाई तले घर भाडा लिएर बसेका थिए । सोही घरको छतमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूबाट १ लाख ३६ हजा ५ सय रुपैयाँ पनि बरामद भएको थियो भने जुवा खेल्न प्रयोग हुने ३७ थान क्वाइन र ६ बुक तास बरामद भएको थियो । पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu