Connect with us
Kapilvast Forest

रेग्मीको परिवारलाई आर्थिक सहयोग

२०८१, १२ श्रावण शनिबारमा प्रकाशित

ब्रेन ट्यूमर भई उपचारको क्रममा निधन भएका टंक प्रसाद रेग्मीको परिवारलाई बाणगंगा राइडर्स क्लवले आर्थिक सहयोग गरेको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुर निवासी रेग्मीको गत श्रावण ४ गते ४८ बर्षको उमेरमा निधन भएकोमा नवौँ दिनको पुण्यतिथिको अवसर पारेर किरिया खर्चस्वरुप क्लवले १९ हजार बढी रुपैयाँ सहयोग गरेको हो ।

क्लवका अध्यक्ष विष्णु प्रसाद सापकोटा र वडा नम्बर २ का वडाअध्यक्ष विष्णु प्रसाद पौडेलले स्वर्गीय रेग्मीका बुबालाई चेक हस्तान्तरण गरेका थिए । सहयोगको लागि टोली एकाविहानै साइकल चलाउँदै रेग्मीको निवासमा पुगेको थियो ।

सोही अवसरमा रेग्मीको तस्वीरमा टिका र पुष्प अर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो भने उनको स्मरणमा १ मिनट मौन धारण पनि भएको थियो ।

शोक सभामा सहभागि भएका वडाअध्यक्ष पौडेल र क्लवका चन्द्रकान्त न्यौपानेले रेग्मीको जीवन र सामाजिक योगदानबारे स्मरण गराएका थिए । पौडेल र न्यौपानेद्धयले रेग्मी रेग्मीको निधनले समाजको एउटा सुयोग्य सुपात्र गुमाएको धारणा राखेका थिए ।

वडा अध्यक्ष पौडेलले रेग्मीको परिवारलाई सानै भए पनि सहयोग गरेर क्लवले ठुलै गुन लगाएको भन्दै प्रसंसा गरे । सहयोग सानो ठुलो जे भए पनि रेग्मी परिवारसंग क्लवजस्तो सिंगो समाज रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै क्लवका अध्यक्ष सपकोटाले सबैबाट थोरैथेरै सहयोग जुटाएर रेग्मी परिवारलाई ढाढस दिइएको बताए । स्वर्गीय रेग्मीका सुपुत्र विशाल रेग्मी क्लवसंग आवद्ध रहेकाले विशालको आजिवन सदस्यता बराबरको ६ हजार बढी रुपैयाँ पनि क्लवले बहन गर्दै उक्त रकमसहित १९ हजार बढी रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष सापकोटाले जानकारी गराए ।

क्लवका सचिव रामचन्द्र बेलबासेको संचालनमा सम्पन्न कार्यक्रममा राजपुरका समाजसेवी, क्लवका सदस्य लगायत गरी ४० जना बढीको सहभागिता थियो ।

स्वर्गीय रेग्मीका आमाबुबा, श्रीमती र छोराछोरी छन् । ब्रेन ट्यूमरजस्तो प्राणघातक रोगको विगत ५ बर्षदेखि निरन्तर उपचारपछि उनको निधन भएको थियो । उपचारको क्रममा रेग्मीको परिवारको जायजेथा सक्किएर आर्थिक समस्या थपिएकोले सबैलाई सहयोग गर्न क्लवले अपिल गरेको छ । क्लवले स्वस्थ बन्न साइकल चलाऔँ भन्ने अभियानसहित बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu