महाराजगन्जको फलहारी बाबा बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षलाई बाइपास
न्युज सेन्टर नेपाल– कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ महाराजगन्ज बजारमा रहेको फलहारी बाबा बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष अभिषेक यादवलाई बाइपास गरिएको छ ।
क्याम्पसको कुनै पनि वैठकमा स्ववियु अध्यक्षलाई बोलाइदैन । फलहारी बाबा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुर्य लाल कसौधनले स्ववियु अध्यक्ष यादवलाई बाइपास गर्दै आएका छन् ।
स्ववियु अध्यक्ष तथा पदाधिकारीले वैठकमा आफुहरुको सहभागी हुनु पर्ने माग राख्दा क्याम्पस प्रमुख कशौधनले बेवास्ता गरेको पाइएको छ । क्याम्पस प्रमुख कसौधन मानोमानि तवरले क्याम्पस चलाउने गरेको आरोप लागेको छ । ,जसले गर्दा विद्यार्थी र क्याम्पस विच दुरी बढदै गएको छ ।
स्ववियु अध्यक्ष यादवले आफ्नो अधिकार र जिम्मेवारीलाई बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन्। यादवका अनुसार, “क्याम्पसको महत्वपूर्ण वैठक र निर्णय प्रक्रियामा विद्यार्थी प्रतिनिधिलाई सहभागी गराउनुपर्छ, तर मलाई निरन्तर रूपमा बाइपास गरि बैठकमा सहभागी गराईदैन ।”
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर चौधरी (कांग्रेस) ले पनि यो विवादलाई गम्भीरतासाथ लिएको जानकारी दिनु भयो ।
उहाले भन्नुभयो, “यो विषयमा मलाई जानकारी छैन । तर क्याम्पसको विधि र प्रक्रिया अनुसार स्वविय अध्यक्षलाई सहभागी गराउनु पर्छ । वैठकमा विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु हाम्रो दायित्व हो।”
यसैबीच, त्रिभुवन विश्वविद्यालयले समेत स्ववियु अध्यक्षलाई बैठकमा सहभागी गराउन पत्रचार गरेको छ। विश्वविद्यालयको पत्रले क्याम्पस प्रशासनको व्यवहारप्रति चिन्ता व्यक्त गरेको छ र विद्यार्थीहरूको प्रतिनिधित्वलाई वैठकम सहभागी गराउन आग्रह समेत गरेको छ।
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पस प्रशासनलाई यादवलाई बैठकमा सहभागी गराउन पत्रचार उगरेको छ।
पत्रमा उल्लेख गरिएको छ कि क्याम्पस प्रमुख सुर्य लाल कसौधनले स्ववियु अध्यक्षलाई कुनै पनि बैठकमा सहभागी नगराउँदै आएका छन्, जसले गर्दा विद्यार्थीहरू र क्याम्पस प्रशासन बीच दुरी बढ्दै गएको छ।
क्याम्पसमा चलिरहेको यस किसिमको अन्यायपूर्ण व्यवहारले विद्यार्थीहरूको मनोबल गिर्ने र नकारात्मक असर पार्न सक्ने भन्दै स्थानीयहरूले पनि आवाज उठाउन थालेका छन्।
त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रशासनलाई विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न र विधि अनुसार स्ववियु अध्यक्षलाई बैठकमा सहभागी गराउन निर्देशन दिएको छ।
त्रिविको पत्रमा भनिएको छ, “२०६७ सालमा संशोधन गरिएको त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन नियमावली २०५० को नियम १२ (घ) अनुसार स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष क्याम्पस व्यवस्थापन समितिका सदस्य रहने व्यवस्था रहेको व्यहोरा जानकारी गराइन्छ। साथै सोही शैक्षिक नियमावलीको प्रावधान बमोजिम विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न र नियमानुसार कार्य गर्न आग्रह गरिन्छ।”
हेर्नुस पत्र
