Connect with us
Kapilvast Forest

एउटा अध्यक्षले सरकार, अर्कोले पार्टी बलियो बनाउँछौं: प्रचण्ड

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

बागलुङ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै कन्फ्युजन नरहेको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र आफूले पार्टीलाई बलियो बनाउने उनले बताए।

‘अब पार्टीमा कुनै कन्फ्युजन छैन,’ चुनाव प्रचारका लागि शनिबार बागलुङ पुगेका प्रचण्डले भने, ‘एउटाले सरकार, अर्कोले पार्टी बलियो बनाउने हो।’

उनले नेपालका भूमि भारतीय नक्सामा समावेश भएकोबारे विवाद समाधानका लागि सरकारले पहल थालिसकेको जानकारी गराए।

‘नेपालका भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन। जुनसुकै पहल लिन तयार छौं भनेका थियौं। पहल सुरू भइसकेको छ,’ उनले भने।

लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेर भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध भइराखेको छ। अतिक्रमित भूमि फिर्ता र नक्सा पनि सच्याउनुपर्ने माग राखेर विभिन्न दलले सडकमा प्रदर्शन गरिराखेका छन्।

अध्यक्ष प्रचण्डले पनि आफ्नो भूमिबारे देश एकतावद्ध भएको बताए। सरकारले सर्वदलिय बैठक गरिसकेको बताउँदै उनले भारतसँग सीमा विवादबारे सरकार र पार्टीले पहल थालेको बताएका हुन्।

प्रचण्डले बागलुङको प्रदेशसभामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाबाट पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही साझा उम्मेदवार भएको बताए। २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट जनमोर्चाले नै यो क्षेत्र जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu