Connect with us
Kapilvast Forest

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

२०८१, २३ श्रावण बुधबारमा प्रकाशित

बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।

ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् ।

नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो ।

बंगलादेशमा आन्दोलनले उग्ररूप लिँदै जाँदा नेपालमा हुने सम्झौताहरू पछाडि धकेलिएका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । यसले नेपालसँगको ऊर्जा सम्झौता के हुन्छ भन्ने अन्योल बढेको हो ।

सहसचिव तथा प्रवक्ता सिंह राजनीतिक परिवर्तन भए पनि स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको भन्दै सम्झौता केही पर धकिलिएको बताउँछन् ।

‘बंगलादेशमा शान्त वातावरण हुनासाथ पुनः हामी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो ।

बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ ।

विद्युत् खरिद बिक्री सम्झौताका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नै नेपाल आउने तयारी थियो । यसअघि गत असारमै सचिवस्तरीय बैठक बस्ने तयारी थियो ।

तर, राज्यमन्त्री नै सहभागी हुने भएपछि तत्कालका लागि सचिवस्तरीय बैठक सरेको थियो । बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् लैजानेबारे सम्झौताको तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu