Connect with us
Kapilvast Forest

प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा १ जना पक्राउ

२०८१, २४ श्रावण बिहीबारमा प्रकाशित

सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो ।

उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu