समाजवादीले सरकार नछाड्ने, वार्ता गर्न समिति गठन
समाजवादी पार्टीले सरकारको पुनर्गठनमा असहमति जनाएको छ।
समाजवादी पार्टीको शनिवार बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको मुल्य मान्यता र संस्कृति विपरीत सरकारको पुनर्गठन भएको ठहर गरेको छ।
समाजवादी पार्टीले सरकारसँग भएको २ बुदें सहमति कार्यान्वयनबारे सरकार र नेकपासँग वार्ताका लागि समिति गठन गरेको छ।
वार्ता समितिमा समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई,केन्द्रिय अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव,वरिष्ठ नेता अशोक राई र सह अध्यक्ष राजेन्द्र श्रेष्ठ रहेको प्रचार प्रसार विभागका उपप्रमुख विश्वदिप पाण्डेले जनाएका छन्।
प्रधानमन्त्री केपी ओलीले गत बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा पठाएका छन् भने राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरेका छन्।