Connect with us
Kapilvast Forest

सरकारद्वारा पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानलाई हवाई इन्धनमा विशेष छुट दिने

२०८१, ३२ श्रावण शुक्रबारमा प्रकाशित

सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मधुसूदन बुर्लाकोटीका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामनन्त्रीबाट भएको निर्देशनअनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो ।

‘यसले पोखरा र भैरहवा विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय उडान वृद्धि गर्न सघाउन पुर्‍याउने अपेक्षा छ,’ बुर्लाकोटीले भने, ‘हवाई इन्धनमा दिइएको छुटको लाभ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले तत्कालै उठाउन पाउनेछन् ।’

यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखराा र भैरहवामा ९४२ डलरमा झर्ने निगम स्रोतले जानकारी दिएको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि साविककै मूल्य तय छ ।

सरकारले पछिल्ला दिनमा पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु गराउनका निम्ति विभिन्न सहुलियत र छुट सुविधाहरु घोषणा गर्दै आएको छ । यसका लागि मन्त्रिपरिषदबाट एक कार्ययोजना समेत पास भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu