Connect with us
Kapilvast Forest

कपिलवस्तु जमुहार टोलकी खतरनाक नागिन नियन्त्रणमा

२०८१, ५ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु नगरपालिका-१, जमुहार टोलमा रहेकी खतरनाक नागिनलाई बन कार्यालयले नियन्त्रणमा लिइएको छ ।

जमुहार टोलमा भएको नागिन सर्पको आक्रमणले स्थानीयवासीहरूमा त्रास फैलिएको थियो । करिब १० दिनअघि, नागिन जातको सर्पले दुई अलग-अलग घरका चार जनालाई डसेको थियो, जसका कारण एक व्यक्तिको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। बाँकी एक व्यक्तिको अवस्था स्थिर रहेको बताइएको छ।

वडा अध्यक्ष जाहिद खाँको आग्रहमा, डिभिजन वन कार्यालय, कपिलवस्तुको एक टोलीले तत्काल घटनास्थलमा पुगी सर्पको खोजी तथा उद्धार अभियान सञ्चालन गर्‍यो। सो सर्प पीडितमध्ये एक व्यक्तिको घरमा फेला परेको थियो। उद्धार गरिएको सर्पलाई सुरक्षित रूपमा वन क्षेत्रमा पुनर्स्थापित गरिने सहायक वन अधिकृत खिल बहादुर तामाङले जनाएका छन्।

सर्पले डसेका पीडितहरू मध्ये एक जनाको घटनालगत्तै मृत्यु भएको हो। अन्य दुई जनालाई बुटवलमा स्थित एक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ, जहाँ उनीहरूको अवस्था गम्भीर रहेको छ। चिकित्सकहरूले उनीहरूको उपचारमा विशेष ध्यान दिइरहेका छन्।

यो घटना पछि जमुहार टोलमा सर्पको सम्भावित जोखिमप्रति स्थानीयवासीहरूमा उच्च सतर्कता देखिएको छ। यसअघि पनि यस क्षेत्रमा सर्पहरूको उपस्थिति देखापरेको भए पनि यो घटना अत्यन्तै चिन्ताजनक रहेको स्थानीयहरूले बताएका छन्।

वन विभागले यस घटनालाई गम्भीरतासाथ लिँदै, आगामी दिनमा सर्पसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। साथै, सर्पबाट बच्न अपनाउनुपर्ने सावधानी तथा प्राथमिक उपचारका उपायहरूको बारेमा स्थानीयलाई जानकारी गराइने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu