Connect with us
Kapilvast Forest

पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु

२०८१, ११ भाद्र मंगलवारमा प्रकाशित

blog
पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।

आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी [बीएलए] ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो । ठूलो आक्रमण मुसाखेल जिल्लामा गरिएको थियो । जसमा २३ यात्रु मारिएका थिए । लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो ।

शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो । एउटा छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतङ्ककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu