Connect with us
Kapilvast Forest

मुस्लिम समुदायको शिक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : महासचिव राई

२०८१, ६ आश्विन आईतवारमा प्रकाशित

जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले मुस्लिम समुदायका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता क्षेत्रमा विशेष ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।

मुस्लिम समुदायको धार्मिक केन्द्र दारुलउलुम फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिको साधारण सभाको नेपालगन्जमा उद्घाटन गर्दै जसपाका महासचिव एवं पूर्व मन्त्री राईले मुस्लिम समुदायका अगुवाले पनि समुदायका सबैले शिक्षा हासिल गर्ने वातावरण बनाउन पहल गर्नुपर्ने बताउनुभयो।

उहाँले शिक्षा नै सबै पछौटेपनलाई हटाउने प्रमुख माध्यम भएकोले समुदायका बालबालिका सबैले धार्मिक शिक्षासँगै आधुनिक शिक्षातर्फ पनि केन्द्रित हुन आग्रह गर्नुभयो।

बाँके जिल्लामा मुस्लिम समुदाय अझै पनि शिक्षाको क्षेत्रमा पछाडि परेको उल्लेख गर्दै पूर्व मन्त्री राईले समुदायका सबै बालबालिकाले शिक्षा ग्रहण गर्ने माहोल बनाउन समाजमा जनचेतना फैलाउन पनि आवश्यक रहेको जनाउनुभयो।

बाँके जिल्लाका मुस्लिम समुदायको प्रमुख धार्मिक संस्था दारुलउलुम फैजुन्नबीले बालबालिकालाई धार्मिक शिक्षासँगै आधुनिक शिक्षातर्फ केन्द्रित गर्ने योजना बनाएर अगाडि बढ्न उहाँले सो अवसरमा सम्बन्धितलाई सुझाव दिनुभयो।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले मुस्लिमको धार्मिक धरोहर फैजुन्नवीलाई विधिवत् रुपमा सञ्चालन गर्नका लागि ७५ लाख रुपियाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मदरसालाई व्यवस्थित सञ्चालन गर्न सके थप सहयोग दिन तयार रहेको बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले समुदायको उत्थान र प्रगतिका लागि आपसमा एकता र समन्वय आवश्यक रहेको कुरामा जोड दिंदै एकताले जुनसुकै काम पनि सहज बनाउने बताउनुभयो।

संविधानसभाका सदस्य अब्दुल हमीद सिद्दिकीले बाँकेमा मुस्लिम समुदाय एक असक्त राजनीतिक शक्ति भएकोले सबैले आफ्नो हक अधिकारका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम अगुवा मोहम्म हारुन कादरीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले समुदायका संघसंस्थामा देखिएका विवादलाई आपसमा मिलेर सुल्झाउनु पर्नेमा जोड दिनुभयो।

दारुलउलुम फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिको तदर्थ समितिका सदस्य एवं मुस्लिम आयोगका पूर्व सदस्यसचिव खालिद इकबाल इराकीले, संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता, समृद्धि र समाजवादको परिकल्पना गरेकोले सबैको अधिकार सुरक्षित रहेको बताउनुभयो।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी झोरासिंह माझी, मुस्लिम अगुवाहरु फिरोज हलवाई, जियाउल हलवाई लगायतले धार्मिक संघसंस्थामा बिवाद गर्न नहुने बिचार प्रकट गर्नुभयो।

साधारण सभाले संस्थाको सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि कात्तिक ७ गते बाट निर्वाचनको प्रक्रिया सुरु गर्ने तयारी गरिएको तदर्थ समितिका संयोजक अयुब सिद्धिकिले जानकारी गराउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu