Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा कांग्रेसको शुभकामना आदानप्रदान हुदैं

२०८१, २४ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु, विजयनगर– नेपाली कांग्रेसको आयोजनामा आज बिहान ११ बजे कपिलवस्तुको विजयनगर गाउँपालिका स्थित खड़ैचा सभा-हलमा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

नेपाली कांग्रेस विजयनगर वार्ड नम्बर २ र ३ को संयुक्त पहलमा आयोजना गरिने यस कार्यक्रममा ठूलो दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान गरिनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेताहरू, कार्यकर्ताहरू, र सर्वसाधारणहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सांस्कृतिक विविधता र एकताको प्रतीकका रूपमा रहेका यी पर्वहरूलाई मनाउने अवसरमा यस प्रकारको कार्यक्रमले पार्टी कार्यकर्ताहरूमाझ आपसी सौहार्दता र समन्वयको सन्देश दिने विश्वास आयोजकहरूले गरेका छन ।

कार्यक्रमका विशेष अतिथि तथा वक्ताहरूले नेपाली समाजमा यी पर्वहरूको महत्त्व, नेपाली कांग्रेसको दृष्टिकोण र आगामी दिनमा पार्टीको योजना बारेमा विचार व्यक्त गर्नेछन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu