Connect with us
Kapilvast Forest

कृष्णनगरमा बालविटौरी र गाउँब्लक जग्गा सम्बन्धी अन्तरक्रिया हुने, कार्यक्रममा मन्त्री अधिकारी आउने

२०८१, २५ आश्विन शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी
– कपिलवस्तुको कृष्णनगरमा बालविटौरी र गाउँब्लक जग्गासम्बन्धी समस्या समाधानका लागि बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहका अनुसार, यी समस्याले नगरवासीहरूलाई धेरै समयदेखि प्रभावित पारेकाले यसबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रम असोज २७ गते आइतबार, कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नगर प्रमुख शाहले यस कार्यक्रममा नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि सहभागी हुने जानकारी दिनुभएको छ ।

प्रमुख शाहले नगरवासीहरूलाई उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आग्रह गर्दै, समस्या समाधानमा सहयोग पुर्‍याउन सबै पक्षको सहभागिता महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नगरपालिकाले सबै नगरवासीलाई कार्यक्रममा उपस्थिति जनाउन अनुरोध गरेको छ, जसले गर्दा समस्याको समाधानमा ठोस पहल गर्न सकिने विश्वास गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu