Connect with us
Kapilvast Forest

अमेरिकामा दशैंको रौनक

२०८१, २८ आश्विन सोमबारमा प्रकाशित

प्रवासमा रहे पनि यहाँका नेपालीले मौलिकताको पर्व दसैं हर्षोल्लासपूर्ण ढंगले मनाएका छन्। अमेरिकाको विस्कान्सनमा सयौंको सख्यामा नेपाली भेला भएर टीकाजमरा लगाएका हुन्।

विस्कान्सनमा तीन सय नेपाली एकैठाउँ भेला भएर टीका ग्रहण गरेका छन्। एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीसँग टीका लगाउन अमेरिकाको विभिन्न राज्यबाट नेपालीहरू विस्कान्सन पुगेका हुन्। सुवेदी निवासमा भेला भएका नेपालीहरूले दशैंको माहोलमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरे।

परदेशमा दशैंको माहोलले सबैलाई एकैथलो बनाएको छ। एकैछिन भए पनि फुर्सद निकालेर आफ्नो धर्म संस्कृति र परम्पराको महत्त्वले एकत्रित गरेको हो,’ सुवेदीले भने, ‘सबैलाई शुभकामना आशीर्वाद दिएर दशैं मनाएका हौं। ’ प्रवासमा सबैले टीका लगाए पनि यति संख्यामा भेला भएर टीका ग्रहण गरेको यो ठूलो संख्या हो। सुवेदीलाई अभिभावक मानेर प्रवासी नेपालीहरूले टीका र आशीर्वाद ग्रहण गरेका हुन्।

सुवेदीले अमेरिकामा रहँदा व्यवसायमा प्रेरित गर्दै सहयोग गरेपछि धेरै नेपाली व्यवसायी भएका छन्। टीका लगाउन भेला भएका नेपालीलाई प्रवासमा फुर्सद निकालेर परम्परा र धर्म संस्कृतिप्रतिको मोह हुनु राम्रो पक्ष रहेको जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए। ‘विदेशका नेपालीबीच सद्भाव बढेको छ,’ काफ्लेले भने, घरपरिवार छोडेर परदेशीएका सबै एकैठाउँ भेट हुँदा घरै मनाएको जस्तो भएको छ। ’

यसरी प्रवासमा रहेका नेपाली युवा पुस्ता र बालबालिकाहरूले पनि दशैको महत्त्व र परम्पराका बारेमा थाहा पाउने मौका पाएका छन्। प्रवासमा नयाँ पुस्तामा पर्व हराउँदै गयो भन्ने चिन्ता भएको बेला पर्वबारे नयाँ पुस्ताले सिकेको एनआरएनए अमेरिका क्षेत्रको युवा सहसंयोजक विशाल रानामगरले बताए। ुहामी बाध्यताले परदेशिएका हौं। हामीलाई पर्वको माया लाग्छ। टीका लगायौं। त्योभन्दा बढी आशीर्वाद अनि आत्मीयता पायौं,’ उनले भने, ‘दशैंमा देश गाउँघरको खुब याद आउँछ।

दशैंले विदेशमा हामी नेपालीलाई एउटै परिवार बनाएको छ। ’ हामीले हाम्रो अभिभावकसँग टीका लगायौं एनआरएनए विस्कान्सन च्याप्टर संयोजक राजकुमार हमालले विदेशमा सबै नेपालीहरूलाई परिवार बनाएर टीका लगाउँदा रमाइलो अनुभूति भएको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu