Connect with us
Kapilvast Forest

गृहमन्त्रीको जवाफ : अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ

२०८१, १२ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लेखकले भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने बताए । ‘कुनै काखापाखा हुन्न । सत्ता पक्ष प्रतिपक्ष हेरिन्न’, उनले भने, ‘मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ ।’

गृहमन्त्री लेखकले अगाडि भने, ‘प्रमाणले जताजता लान्छ, अनुसन्धान त्यतात्यता जान्छ ।’

सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने उनले बताए । गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ । अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ ।’

सरकार कानुनभन्दा बाहिर नजाने भन्दै उनले सरकारमाथि विश्वास गर्न समेत आग्रह गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu