Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसद्वारा शुद्धोधनको उपनिर्वाचनको तयारी तीव्र

२०८१, २७ कार्तिक मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

यस पटकको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आक्रामक रूपमा प्रचार अभियानलाई अगाडि बढाएको छ ।

कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, पूर्व जिल्ला सभापति राजेश आचार्य, र पूर्व जिल्ला सचिव सुरेस शर्माको उपस्थिति तथा सुझावमा युवानेता दिनेश कुमार यादवलाई वडा अध्यक्ष पदको उम्मेदवारको रूपमा सर्वसम्मत चयन गरिएको हो ।

नेपाली कांग्रेसले उपनिर्वाचनको प्रचारप्रसारलाई प्रभावकारी बनाउन बगदी बुथ इकाई गठन गरेको छ ।

उक्त बुथ इकाईको अध्यक्षमा फारुख मुसलमान चयन भएका छन्, जसको नेतृत्वमा ३१ सदस्यीय समिती गठन गरिएको छ ।

गठन कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनालले पार्टीको उद्देश्यलाई बलियो बनाउँदै जनताको मन जित्न यो उपनिर्वाचनमा विशेष तयारी गरिएको बताए ।

पूर्व जिल्ला सभापति राजेश आचार्यले उपनिर्वाचनमार्फत जनताको सेवामा निरन्तरता दिने र पार्टीलाई थप सशक्त बनाउने बताएका छन् । उनले भने, “यो निर्वाचन हाम्रो पार्टीको संगठनात्मक क्षमतालाई बलियो बनाउने अवसर हो ।”

पूर्व जिल्ला सचिव बिनोद नेपालले पनि यसपटक कांग्रेसको जित सुनिश्चित गराउन सबै कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरे ।

पूर्व जिल्ला सचिव सुरेस शर्माले युवानेता यादवको नाम चयन गरिएकोमा खुसी व्यक्त गर्दै भने, “दिनेशजस्तो ऊर्जावान र समर्पित नेतालाई उम्मेदवार बनाउनु हाम्रो पार्टीको सशक्त निर्णय हो । उनी जनताको विश्वास जित्न सक्षम छन् ।”

कार्यक्रममा उपस्थित कांग्रेस कार्यकर्ताहरूले पार्टीको जित सुनिश्चित गर्न निरन्तर परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu