Connect with us
Kapilvast Forest

नहान मेलामा ब्यापक आर्थिक अनियमितता

२०८१, १ मंसिर शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ लक्ष्मणघाटमा लागेको नहाल मेलामा व्यापक आर्थिक अनिमितता भएको स्थानीयले आरोप लगाएका छ्न ।

लक्ष्मणघाट मेला व्यवस्थापन समितिले रसिदमा १०० रुपैयाँ लेखे पनि व्यापारीहरूसँग रु.२०० लिने गरेको एक व्यापारीले जनाए ।
व्यापारीहरूले दिएको रसिदमा मिति, नाम, छाप तथा हस्ताक्षर समेत उल्लेख गरिएको छैन ।

कुनै कुनै व्यापारीहरूलाई रसिद पनि नदिई रकम मात्रा लिएको कृष्णनगरबाट अण्डा बेच्न आएका एक व्यापारीले जानकारी दिए । मेला व्यवस्थापन समितिले यस विषयमा अझैसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

लक्ष्मणघाटमा लागेको मेलामा एक हजार भन्दा बढी व्यापारीहरूले व्यवसाय सञ्चालन गरेका थिए भने करिब १० हजारभन्दा बढी मेला दर्शनार्थीहरू मेलामा आएका थिए ।

कार्तिक पूर्णिमाका दिन प्रत्येक वर्ष नहान मेला लाग्ने गरेको छ । नहान मेला तराईवासीका लागि एकदमै महत्वपूर्ण मेला हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj