Connect with us
Kapilvast Forest

शिवराज ६ का एकल महिला र विपन्न परिवारलाई कम्बल

२०८१, १७ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु–
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ ले वडाभित्रका एकल महिलाहरू र विपन्न परिवारलाई चिसोबाट बच्न न्यानो कम्बल वितरण गरेको छ ।

पछिल्लो समय अत्याधिक चिसो बढेपछि कम्बल वितरण गरेर स्थानीयलाई राहत दिने उद्देश्यले यो कार्यक्रम गरिएको वडाध्यक्ष महेताब आलम खानले बताउनु भयो ।
वडाभित्रका ६० वर्षमुनिका विधवा महिलाहरूलाई प्राथमिकता दिई न्यानो कम्बल वितरण गरिएको वडाले जनाएको छ ।

वडा स्तरीय बजेटबाट विनियोजित रकम प्रयोग गरी कम्बल खरिद गरिएको वडा सचिव राम प्रसाद चौधरीले जानकारी दिनुभयो । कम्मल वितरण कार्यक्रम वडा कार्यालय पिपरीमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा वडा सदस्यहरू, स्थानीय समाजसेवी, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

न्यानो कपडा र कम्बल पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै चिसोबाट जोगिन सहयोग मिलेको प्रतिक्रिया दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj