Connect with us
Kapilvast Forest

कृष्णनगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा शर्मा निर्वाचित

२०८१, २० पुष शनिबारमा प्रकाशित

कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा रितेश शर्मा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको मतदानमा कुल खसेकाे ४ सय २५ मत मध्ये शर्माले १ सय ७७ मत ल्याई निर्वाचित हुनु भएको हो ।

शर्माका निकटतम प्रतिद्वन्द्वी कृष्णनगर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष रामकुमार गुप्ता १ सय २५ मतमात्र पाएका थिए । अध्यक्ष पदका उम्मेदवार गुरुशरण सिंह उर्फ बन्टी सरदार ८४ मत, श्रवण कुमार सुरेकाले १९ मत र शंकर प्रसाद शर्माले १७ मत ल्याएका पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा नसरुल्लह खां २ सय १८ मत पाएर निर्वाचित भएका हुन । त्यस्तै उपाध्यक्षमा रविन्द्र गुप्ता १ सय ९३ मत, महासचिवमा हरिओम तुल्स्यान २ सय ५३ मत, सचिवमा ऋषभ अग्रवाल २ सय २९ मत ल्याएर निर्वाचित भएका हुन ।

सदस्यहरुमा अशिष गाेयल, विरेन्द्र माैर्य, बैजनाथ अग्रहरी, पवन अग्रवाल,सन्दिप जयसवाल लगायत १२ जना सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj