समाजवादीले चुनाव जित्छ: उपाध्यक्ष पुरी
कपिलवस्तु मंसीर ९,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा यहि मंसिर १४ गते हुने उप निर्वाचनमा समाजवादी पार्टि नेपालका उम्मेदवारले जित्ने समाजवादि पार्टि नेपालका जिल्ला उपाध्यक्ष राम निवास पुरीले दाबी गरेका छन । चुनावी प्रचार प्रसारमा वडामा पुगेका पुरीले जनताले परिर्वतन चाहेकोले समाजवादीलाई भोट दिने ठोकुवा गरेका छन ।
वडा नं. १० का जनताले विकास प्रेमी नेता खोजि रहेकोले समाजवादीका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु) नै रहेकोले वडा बासीले रायमाझिलाई भोट दिएर विजयी बनाउने उपाध्यक्ष पुरीले दावी गरेका हुन । वडा बासीको पिरमर्कालाई विगतका दिनमा पनि सम्बोधन र समाधानका लागी जनता संग उभिएकोले जनताले अब सहि व्यक्ति छनौट गर्ने अवसरलाई उपयोग गर्नु पर्ने उनले बताए ।
समाजवादीको घर दैलो अभियानमा सहभागि भएका पुरीले समाजवादी पार्टि प्रति जनताको मोह बढेकोले घरदैलोमा जनताको उत्साह पूर्वक सहभागिता रहेको उनले बताए । जनताको चहाना अनुसार काम गर्ने पार्टि नै समाजवादी भएकोले वडा बासीले ढुक्क भएर समाजवादी पार्टि नेपालका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु)लाई मतदान गर्न आह्वान समेत गरे ।