Connect with us
Kapilvast Forest

सङ्घीय संसदमा पेस गरिने भयो प्रहरी सम्बन्धि विधेयक

२०८१, २७ पुष शनिबारमा प्रकाशित

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्‍मा पेस गरिने भएको छ। शुक्रवार साँझको मन्त्रिपरिषद्‍ बैठकले दुवै विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ। गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका छन्।प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्‍मा पेस गरेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj