कपिलवस्तु शिवराज-४ को वडाअध्यक्ष कप सम्पन्न, बरगदवाले जित्यो उपाधी
न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘वडा अध्यक्ष कप २०८१’ सम्पन्न भएको छ ।
वडा स्तरीय खेल प्रतिभा उजागर गर्न र खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक ऊर्जा दिनका लागि आयोजना गरिएको वडा अध्यक्ष नसिम अहमदले बताउनुभयो ।
शिवराज वडा नं. ४ को समितिको खेलमैदानमा सम्पन्न भएको यो प्रतियोगितामा बरगदवाको समूह ‘ए’ विजेता बनेको छ । प्रतियोगितामा वनकट्टी क्रिकेट क्लब उपविजेता भएको हो ।
वडा अध्यक्ष नसिम अहमद खाले विजेता समूहलाई नगद रु २०,०००, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो । उपविजेता समूहले नगद रु १२,०००, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा अध्यक्ष खाले बताउनु भयो ।
पौष २१ गते देखि सुरु भएको प्रतियोगितामा शिवराज नगरपालिकाका २४ समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगिताले युवाहरूलाई खेलकुदमा प्रेरित गर्दै नगरभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ