Connect with us
Kapilvast Forest

बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल

२०८१, १ माघ मंगलवारमा प्रकाशित

कपिलवस्तु जिल्लाकै पुरानो मध्यको श्री बुद्धपद्यम माध्यमिक बिद्यालय तौलिहवाका पुर्व बिद्यार्थीहरुको प्रारम्भिक भेलाले संजय लम्सालको अध्यक्षतामा १३ सदस्यिय तदर्थ समिति गठन गरेको छ । सम्पन्न भेलाले पुर्व बिद्यार्थी मञ्चको उपाध्यक्षमा रामेन्द्रसिंह रावल, सचिवमा खग प्रसाद चापागाई, कोषाध्यक्षमा रविन्द्र कुमार शर्मालाई चयन गरेको छ ।

भेलाबाट समितिको सदस्यमा पुर्व बिद्यार्थीहरु रविन्द्रनाथ ठाकुर, मुख्तार अहमद खाँ, दिनेश हमाल, राजेन्द्र लम्साल, रुकैया खातुन, राजेश कुमार शैनी, देवेश कुमार जैशवाल सदस्य र बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा बिद्यालयका प्रधानाध्यापक पदेश सदस्यको रुपमा चयन भएका छन ।

.त्यसै गरि भेलाले तदर्थ समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बिधान मस्यौदा निर्माणको जिम्मा दिएको छ । बि.स. १९९७ सालमा स्थापित बिद्यालयमा पहिलो पटक पुर्व बिद्यार्थीको प्रारम्भिक भेला गरि संगठित गर्न थालिएको हो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले यहाँका बिद्यार्थीले राष्ट्रिय र अन्तरराष्ट्रिय छवि निर्माण गर्नु सुखदः पक्ष रहेको बताए ।

बिद्यालयको पुर्वाधार बिकास र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहने पाण्डेयले प्रतिबद्धता जनाए । बिद्यालयका पुर्व बिद्यार्थी संगठीत भएर बिद्यालय सँग सहकार्य गर्न तत्पर हुनु सकारात्मक पक्ष रहेको बिद्यालय व्यवस्थापन समितीका kapoअध्यक्ष आजाद अहमद दर्जीको भनाई थियो । सबैको सहकार्यमा बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र पुर्वाधार बिकास गर्न लाग्नु पर्नेमा उनले जोड् दिए ।

 

पुर्वाधार, खानेपानी र शौचालयको अप्रयाप्तताले केहि समस्या थपिने गरेको प्रधानाध्यापक बाबुराम भण्डारीले गुनासो गरे । बिद्यालयले समस्याका बिचमा व्यवस्थापनमा सुधार गरि उत्कृष्ट नतिजा दिदै आएको प्रअ भण्डारीले दावी गरे । बिद्यालयका आफुहरु बाटै तत्कालै केहि गरिनु पर्छ भन्ने सोचका साथ पुर्व बिद्यार्थीहरु संगठित भई सामाजिक गतिबिधीमा लाग्न थालेको तदर्थ समितीका अध्यक्ष संजय लम्सालले बताए ।

.सो अवसरमा बिद्यालयका पुर्व शिक्षक हबिब अहमद खाँ, पुर्व बिद्यार्थीहरु रविन्द्र कुमार शर्मा, राजु प्रसाद अर्याल, रविन्द्रनाथ ठाकुर, राजेन्द्र लम्साल, उदयेन्द्र सिंह रावल, राजेश शैनी, गोपीकृष्ण शर्मा लगायतले बिद्यालयका सबै पुर्व बिद्यार्थीलाई जोडेर बिभिन्न शैक्षिक सहयोगका कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj