गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु २०८१, १ माघ मंगलवारमा प्रकाशित गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका छन् । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को गढवा पतञ्जलि योग समितिद्वारा १० औं राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न छुटाउनुभयो कि? बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल