Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए ।

 

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको हो।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu