Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

२०८१, २ माघ बुधबारमा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको जिकिर गरेका थिए । यो सरकार टिकिराखोस् भन्ने चाहना आफूहरुको नरहेको पनि प्रचण्डले बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj