आसिका तामाङ पक्राउ
सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए ।विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् । प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको अधिकारीले बताए ।