कपिलवस्तु जेसिजको बरिष्ठ उपाध्यक्षमा घिमिरेको उम्मेद्वारी
कपिलवस्तु जेसिज बर्ष २०२५ का लागी बरिस्ठ उपाध्यक्ष पदमा कमल घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यही माघ ४ र ५ गते हुन लागेको कपिलवस्तु जेसिजको अधिवेशनमा घिमिरेले बरिस्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
आफु कपिलवस्तु जेसिजको सचिव, कोषाध्यक्ष उपाध्यक्ष, शाखा सम्पादक भई कुशलता पुर्वक जिम्मेवारी बहन गरेको बताउदैँ उहाँले अहिले बरिस्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
विभिन्न बहानामा यसअघि पनि आफु बरिस्ठ उपाध्यक्ष पदबाट पछाडी हटेको बताउदै उहाँले यसपालि चुनावमै जाने गरी उम्मेद्वारी घोषणा समेत गरेको उहाँले बताउनुभयो ।
साथै उहाँले आफुलाई बरिष्ठ उपाध्यक्ष पदमा आफुलाई सके सर्वसम्मत नभए चुनावबाटै भएपनि निर्वाचित गर्नका लागी सहयोगको आग्रह समेत गर्नुभएको छ ।