लागुऔषध सहित बाणगंगाका दुई युवा पक्राउ
कपिलवस्तुको बाणगंगाका दुई युवा लागुऔषध सहित पक्राउ परेका छन । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित पक्राउ परेका छन। पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा नम्बर ८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र बाणगंगा नगरपालिका ४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेन रहेका छन । उनीहरुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।