Connect with us
Kapilvast Forest

प्याब्सन कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम

२०८१, ७ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) नव निर्वाचित कार्य समितिको पद हस्तान्तरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ ।

१२ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरिएको हो । नव निर्वाचि अध्यक्ष धिरेन्द्र विक्रम सिंह लगायतको नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सुधाकर पाण्डे, विष्टि अतिथि  जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, पूर्व अध्यक्ष सुन्दर पाण्डे, गणेश लाल कर्ण लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले वर्तमान शिक्षानीतिमा देखिएका चुनौती र समाधानका उपायहरूमाथि प्रकाश पार्दै, संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा समन्वय प्रमुख बाबुराम आचार्यले सरकारी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै निजी विद्यालयहरूको गुणस्तर कायम राख्नुपर्ने बताए ।

.जिल्लास्तरीय निजी विद्यालयहरूको समन्वय र गुणस्तरीय शिक्षामा देखिएका समस्यालाई समाधान गर्न नेतृत्वको सक्रियता अपरिहार्य रहेको उनले बताए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष सिंहले नयाँ नेतृत्वले संविधानद्वारा निर्दिष्ट निःशुल्क शिक्षाको अधिकारसँग तालमेल मिलाउँदै निजी क्षेत्रलाई दिगो बनाउने बताए ।

समारोहमा संगठनको भावी रणनीति, शिक्षाको गुणस्तर सुधार, र निजी विद्यालयहरूको भूमिका जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो ।

प्याब्सनको पूर्व अध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य केशव सापकोटाले गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj