Connect with us
Kapilvast Forest

आजअखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता

२०८१, ८ माघ मंगलवारमा प्रकाशित

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुने भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज उम्मेदवारी दर्ता हुने भएको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले विद्यार्थी सङ्गठनमा ३२ बर्से उमेर हद कायम भएपछि आज बिहान ८ देखि बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको जानकारी दिए, उम्मेदवारले परिचय खुल्ने कुनै कार्ड भएमा आ–आफ्नो प्रदेशबाट उम्मेदवारी दर्ता गर्न पाउने भएका छन्। भोलि उम्मेदवारको दाबी विरोधको छानबिनपछि नामावली प्रकाशन, माघ १० गते उम्मेदवारको नामावली प्रकाशित गर्ने र माघ १२ गते बिहान ९ देखि ४ बजेसम्म नेतृत्व चयन गर्न मतदान हुने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj