धान काट्न गएकी महिलालाई नदिले बगायो
ताप्लेजुङ । धान काट्न गएकी एक महिलालाई तमोर नदिले बगाएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ बस्ने ६० वर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाउँदा बेपत्ता भएकी हुन् ।
सोमबार दिउँसो पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।