Connect with us
Kapilvast Forest

घरमै सुत्केरी हुँदा साल अड्किएपछि मृत्यु

२०७६, १० मंसिर मंगलवारमा प्रकाशित

बाजुरा, मंसिर १०।
अत्याधिक रक्तश्रावका कारण बाजुरामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को गोत्रीकी ३५ वर्षीया कापुल्ती रावलको मृत्यु भएको हो ।

सामुदायिक इकाई केन्द्रमा सुत्केरीको मृत्यु भएको हो । घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि बेहोस अवस्थामा उनलाई सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा ल्याइएको इकाईमा कार्यरत अमर बुढाले बताए ।“एकाइमा पु¥याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खानुभएको थियो, तरपछि एक्कासि मृत्यु भयो”, स्वास्थ्य सहायक बुढाको भनाइ थियो ।

बाजुरामा यस वर्षको भदौ महिना यता चार जना सुत्केरीको मृत्यु भइसकेको छ । पाँच जना सुत्केरीको हेलिकप्टरमार्फत उद्दारसमेत गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu