चन्द्रौटा महोत्सवमा शनिवार खुमन अधिकारी र सम्झना लामिछाने संग झुमदै ।।
कपिलवस्तु
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज शनिबार चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी , लोक तथा दोहोरी गायिका सम्झना लामिछाने , लोक तथा दोहोरी गायक दीपक भण्डारी तथा बाल कलाकार एक्टिना परीयारको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो।।
माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् । शुक्रवार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी मिसन भुसाल , लोक गायिका सपना रोका, जिया भुसाल, भोजपुरी गायक अनिल दिवाना लगायतका कलाकारहरूको बेजोड प्रस्तुति रहेकोे थियो ।
साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ । महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।