Connect with us
Kapilvast Forest

क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

२०८१, १४ माघ सोमबारमा प्रकाशित

pakrau-

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय रवीन श्रेष्ठ छन्।
पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो।
शारदालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj