Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा परम्परागत लोहरौला त्रिवेणी मेला सुरु

२०८१, १६ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु। कपिलवस्तुको विजयनगरमा लोहरौला परम्परागत त्रिवेणी मेला सुरु भएको छ, जसको उद्घाटन माघ १५ गते मंगलवार प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गर्नु भएको छ। हरेक वर्ष लाग्ने मेलालाई परम्परागत सांस्कृतिक धरोहरको रुपमा मानिँदै आएको छ, जसले समाजमा आपसी मेलमिलाप र सद्भावलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

दुई दिनसम्म सञ्चालन हुने मेलाको पहिलो दिनदेखि नै विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य र नाटक प्रस्तुत हुने मेला संयोजक बनवारी चौधरीले जानकारी दिनु भयो। मेलाको दोस्रो दिन, माघ १६ गते, अझ बढी सांस्कृतिक कार्यक्रम र रमझमको अपेक्षा गरिएको छ। आयोजकले मेलामा सहभागी भई मनोरञ्जन लिन र परम्परागत कला तथा संस्कृतिको सम्मान गर्न आग्रह गरेका छन्।

कार्यक्रमको उद्घाटन समारोहमा वडा अध्यक्ष नेपाल चौधरी, अनवर मोहम्मद मुसलमान, दिनेश कुमार चौधरी, युवा नेता मिर्जा रासिद वेग, ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख हर्ष बहादुर चन्द, रेडियो विजयनगरका प्रमुख राम प्रघट कोरी लगाएत समाजसेवी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा राम सहय चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने बलिराम थारुले कार्यक्रम सञ्चालन गरेका थिए।

यो मेला मात्र मनोरञ्जनको थलो नभई परम्परागत कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेको छ। आयोजकले सबैलाई मेलामा सहभागी भई यसको रौनकता बढाउन अनुरोध गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu