Connect with us
Kapilvast Forest

महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाको मृत्यु

२०८१, १६ माघ बुधबारमा प्रकाशित

भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ।
दैनिक भास्करका अनुसार स्थानीय समय अनुसार मंगलबार राति (बुधबार बिहान) करिब १:३० बजे भएको यस घटनामा १४ जनाको मृत्यु भएको छ। तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले भने, “संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो।”
घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ। संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरेर सर्वसाधारणको प्रवेश बन्द गरिएको छ। प्रयागराजमा भीड बढ्न नदिन, प्रयागराज सहरसँग सीमा जोडिएका सबै जिल्लामा भक्तजनलाई रोक्नका लागि निर्देश गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ। प्रशासनका अनुसार आज राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना रहेको छ। त्यसको एक दिनअघि मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu