चन्द्रौटा महोत्सवमा आज रमेश राज भट्टराई
कपिलवस्तु
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज बुधबार चर्चित लोकदोहोरी तथा आधुनिक गायक रमेश राज भट्टराई , नरेश खाती , डमोदर बश्याल , गायिका सम्झना रण्पाल , भोजपुरी गायक बिनय नेपालीको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक दीपक पौडेलले जानकारी दिनुभयो ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा माघ ९ गतेदेखि सुरु भएको नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दिनहुँजसो कलाकारले दर्शकलाई मनोरञ्जन दिएका छन् । मंगलवार लोक तथा दोहोरी गायक बिदान कार्की , लोक गायक चित्र श्रीपाली तथा हास्य कलाकार पुर्खे बा लगायतको बेजोड प्रस्तुतिले दर्शकको घुइँचोे थियो ।
साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, दैनिक रहेकोे छ । महोत्सवमा दैनिक बिहान २ घन्टा योगा सत्र चलिरहेको छ । २०० भन्दा बढी स्टल रहेको महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ ।