Connect with us
Kapilvast Forest

क्यानडा जाने आसमा बाबु–छोराले बुझाए ६६ लाख, भारतीयसहित ५ जना पक्राउ

२०८१, १६ माघ बुधबारमा प्रकाशित

क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् ।
सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको हो । ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । मोरङ प्रहरीले ठगी गर्ने गिरोहका एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ । यो समूहले भिसा लाग्यो भन्दै विभिन्न व्यक्तिहरुको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय पक्राउ परेका छन् ।
डीएसपी जोशीका अनुसार भारतीय नागरिक यादव ठगीका मुख्य योजनाकार हुन् । पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुबेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार सामाजिक सञ्जाल मार्फत जोडिएका व्यक्तिलाई विदेशी नम्बरको ह्वाटसप नम्बरबाट सम्पर्क गरी उनीहरुले ठगी गर्दै आएका थिए ।

मुख्य योजनाकार भारतीय नागरिक यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाउने र त्यसको एक्सेस आफूले लिने गरेका थिए । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu