Connect with us
Kapilvast Forest

ओखलढुंगामा बिरामी बोकेको जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

२०८१, १७ माघ बिहीबारमा प्रकाशित

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षक पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेका छन् ।

चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीप बिहान दुर्घटनामा परेको हो वा गएराति नै खसेको हो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu