Connect with us
Kapilvast Forest

तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु

२०८१, २० माघ आईतवारमा प्रकाशित

तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार साँझ ६ः४० बजेतिर पृथ्वी राजमार्गबाट मुग्लिन हुँदै दमौलीतर्फ आउने क्रममा भारतीय नम्बर एचआर ५५ क्यू ४७११ नम्बरको ट्यांकर घुमाउरो सडकमा दुर्घटनाग्रस्त भएको थियो ।त्यसक्रममा चालक भारतको बिहारको मिर्जापुरका ३५ वर्षीय श्रीकान्त कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा साढे ८ बजे चिकित्सकहरुले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी अशोक थापाले बताए । उनका अनुसार, शवलाई सोही अस्पतालको शव गृहमा राखिएको छ ।

बुलेटमा चालक मात्र थिए । घटनाबारे भारतीय राजदूतावासमार्फत आफन्तलाई खबर गरिसकिइएको प्रहरीले जनाएको छ । आफन्त आएपछि मात्र उनको पोस्टमार्टम हुने प्रहरीको भनाइ छ । उक्त बुलेटले शक्ति ग्याँस कम्पनीको ग्याँस बोकेको थियो । ग्याँसले भरिएको बुलेट पल्टिँदा ठूलो दुर्घटना हुन सक्ने जोखिम रहे पनि त्यसबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu