Connect with us
Kapilvast Forest

चितवनमा रविविरूद्ध मुद्दा दर्ताको अन्तिम तयारीमा सरकारी वकिल, अभियोगपत्र तयार हुँदै

२०८१, २१ माघ सोमबारमा प्रकाशित

जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसुरमा मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ। प्राप्त सूचना अनुसार कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्न खोजिरहेको छ।

तर प्रतिवेदन अध्ययनकै चरणमा रहेको र अभियोगपत्र निर्माण चलिरहेकाले कति जना र कम्पनी भन्ने विषयमा यकिन भइनसकेको एक अधिकारीले थाहाखबरसँग भने। उनले थपे, ‘हामी अभियोजनपत्रको अन्तिम तयारीमा छौँ, एक/दुई दिनमै मुद्दा लैजाने भन्ने छ। यसअघि तथ्यंक नमिलेपछि कार्यालयले पुन यकिन गर्न भनेर फिर्ता गराएको प्रतिवेदनमा आवश्यक तथ्यांक प्रमाणिकरण गरी प्रहरीले उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका कारण केही दिन ढिला भएको थियो। ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ। उक्त सहकारीबाट कम्पनीलेसहित ५६ करोड २२ लाख बढी बिगो बराबरको रकम हिनामिना भएको प्रहरी प्रतिवेदनमा उललेख छ। लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी घटनामा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड रकम सम्बन्धित जिल्ला अदालतमा बैंक धरौटी पेश गरेर छुटेका छन्। चितवन पछि पर्सामा पनि उनीविरुद्ध जाहेरी परेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu