Connect with us
Kapilvast Forest

रौतहटमा लागुऔषधका ९ जना कारोबारी पक्राउ

२०८१, २१ माघ सोमबारमा प्रकाशित

pakrau

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधविरुद्ध अभियान तीव्र पारेको छ। इप्रका चन्द्रनिगाहपुरले माघ २० गतेसम्म ९ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ। रौतहट जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा लागुऔषधका सेवनकर्ता र विक्रेताको संख्या बढ्दै गएको व्यापक गुनासो आएपछि इप्रका चन्द्रनिगापुरले यसविरुद्ध अभियान नै सञ्चालन गरेको छ। शनिवार साँझमात्र लागुऔषध खैरो हिरोइनसहित इप्रका चन्द्रनिगाहपुरले एकजना पक्राउ गरेर म्याद थप गरेको छ। ​चन्द्रपुर नगरपालिका वडा नं-४ चिडिया दहडाँडा टोलबाट सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा १.५ ग्राम खैरो हिरोइन बरामद भएको इप्रका चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए। पक्राउ श्रेष्ठलाई आइतवार नै जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu