’समानताको पुस्ता बलत्कार विरुद्ध एकबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सुरु
- शारदा के.सी मंसिर १०
’समानताको पुस्ता बलत्कार विरुद्ध एकबद्धता’ भन्ने नाराका साथ कपिलवस्तु जिल्लामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरू बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म कपिलवस्तु जिल्लाका सबै पालिकामा विशेष अभियानका कार्यक्रम सञ्चालन गरिने जिल्ला समन्वय समिति कपिलवस्तु आयोगले जनाएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना एन.जि.यो. कपिलवस्तु शाखाको समन्वय र यु.एन.एफ.पि.ए,डि.एस.डि.सि,ईन्द्धेणि,माहुरी होम,शिद्धार्थ सामाजिक संस्थाको सहयोग रहेको थियो ।
महिला समुह,स्थानिय तह, बिद्यार्थि,जिल्ला प्रहरी, गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा तौलिहवाको कपिलवस्तु नगरपालिकाबाट निकालिएको ¥याली प्रशासन चोक, शिवालय मन्दिर हुँदै कपिलवस्तु नगरपालिकामा पुगेर सभामा परिणत भएको छ ।
सभालाई सम्बोधन गर्दै प्रदेस न.५ का सामाजिक बिकास संयोजक दृघ नारायण पाण्डेले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि प्रदेस सरकारले विभिन्न अभियान सञ्चालन गर्ने बताउनु भयो । प्रदेस सभा सदस्य रिना नेपालले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने बताउनु भयो । नागरिक समाजका तर्फबाट गैर सरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष प्रविण श्रिवास्तवले महिला हिंसा अन्त्यका लागि ३६५ दिन नै लाग्नुपर्ने बताउनु भयो । जिल्ला समन्वय समितिका सभापति नारायन खनालले लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
¥यालीमा अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्था, महिला समुह,स्थानिय तह, बिद्यार्थि,जिल्ला प्रहरी, गैरसरकारी,अधिकारकर्मी लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले मौनताको संस्कृति तोडौं न्यायको खोजी गरौं,समानताको पुस्ता बलत्कार विरुद्ध ऐक्यबद्धता,सहभागिता मात्र हैन अर्थपुर्ण सहभागिता सहितको सम्मान चाहियो लगायत लेखिएका प्लेकार्डसहित सहभागी थिए । जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति नारायन खनालको अध्यक्षता रहेको सभामा प्रदेस न.५ का सामाजिक बिकास संयोजक दृघ नारायण पाण्डेको प्रमुख आथित्यता रहेको थियो । विशिष्ट अथितिमा प्रदेस सभा सदस्य रिना नेपाल, प्रदेस सभा सदस्य शान्ति देवि बर्मा र जिल्लाका १२ स्थानिय तहका जनप्रतिनिधि,गैसस,संघ संस्था लगाएत रहनु भएको थियो । केन्द्रिय सदस्य गैसस महासंघका संजय लम्साल,कानुन अधिवक्ता राजु श्रिवास्तवले कार्य पत्र प्रस्तुत रहेको कार्यक्रमको संचालन माहुरी होमका महा सचिव माया ज्ञेवालीले गर्नु भएको थियो